Friday, April 27, 2018

                   देशको यो पछौटेपनको भागिदारी को ? 

  १०४ बर्षको राणा शासनलाई हामि  

Sunday, March 19, 2017


" प्रतिकार गर्दै अगाडी बढौ"
गिरिधारी सुबेदी "निरन्तर"

०५/१२/२०७३(19-03-2017
हामिहरुले प्रयत्न गरिरहनुपर्छ नयाँ नेपाल निर्माण अभियानमा को आफ्नो को पराइ हातेमालो गर्दै संगै हिड्ने । पक्कै पनि पीडाहरुछन् सबैका । युद्दका विभीषिकाबीच भोगेका, अनुभूत गरेका ,अत्यन्त्यै घोचिरहने खालका,। आफन्त गुमाएका ,बेपत्ता पारिएका, अपाङ्ग भएका परिवारजनहरुको ठाउमा आफुलाई उभ्याएर हेर्ने शाहस राख्नुपर्छ। ,हो हिजो जनयुद्द गर्दा भनेको र हामीले कल्पना गरेको जस्तै स्थिति बन्न सकेन। तर पार्टीले योजना बनायो। र हामीले लड्ने शाहस र हिम्मत गर्यौ। र देशमा एउटा युगान्तकारी परिवर्तन सम्भब भयो। जसलाई त्यो युद्द आबस्यक थिएन , उनीहरुले बिरोध गर्नु स्वभाविकै नै हो। तिनीहरु आजपनि उही बिरोधका स्वरहरु भाका मिलाई मिलाई गाइरहेकाछन्। अझै पनि भएभरको न्वारनदेखिको बल लगाएर हाम्रो नेतृत्वका बिरुद्द अनर्गल वाहियातका टिकाटिप्पणी गर्दै बदनाम बनाउने र हाम्रो पार्टीलाई छिन्नभिन्न पारि आफ्नो खोसिएको स्वर्ग हात पार्न दिवासपना देखिरहेका छन् ।
प्रतिक्रियावादिशक्तिहरु जो जनताका पक्ष्यमा कहिल्यै थिएनन्। फेरी पनि आज तिनिहरुनै जनताका एकनम्बरको हिमाईती बनेर निकै मिठा र गुलिया आश्वासनहरु बाढ्दै हाम्रा उपलब्धिहरुमाथी हिलो छाप्ने काम गरिरहेका छन् ।हाम्रा उपलब्धिहरुको रक्षार्थ हामि परिवर्तनका पक्ष्यधरहरु नै एकताबध्द भएर कसैको भ्रममा नपरी बहकाबमा नआईकन आम जनतामा हाम्रो आवस्यकताको महसुस नगराउने हो भने निश्चित पनि बाधको छालामा स्यालो रजाई हुने अबस्था सिर्जना हुने छ
हाम्रो सदासयतालाई कमजोरी देखेर जसरि आज हाम्लाई निरिह ,कमजोर र शक्तिहिनरुपमा व्याख्या गर्दै हिड्ने हुर्मत गरिरहेकाहरुको बिरुध्द मोर्चा सम्हालेर जसरि हिजो राजधानी केन्द्रित हुन वाध्य पारेका थियौ। फेरी तेसरिनै यी फटाहाहरुलाई जनताबाट ननंग्गाई हुदैन। आखिर यी जो लामो समयसम्म सत्तामा हालिमोहाली भएर बसे प्रस्न गरौ तिनिहरुसंग -तिमिहरुले आजसम्म देश र जनताका पक्ष्यमा गरेका कुनै त्यस्ता कामहरु छन् भने बताइदिनुहोस् ? सोधौ , महाकाली किन बेचियो ? कसले बेच्यो ? गण्डकी कसले बेच्यो ? कोसी कसले बेच्यो ?
रास्ट्रवादको मुकुण्डो भिरेर रास्ट्रलाई बेच्नेहरु निकै चिल्ला कुरा गर्दै फेरी घर आगनमा आउदैछन।। बिचार पुर्याऔ आफैले गरेका चुनाबी वादाहरु सत्तामा पुग्नेबित्तिकै कसरि मिल्काइदिन्छन्। तपाइँ हामीले देखेकै बिषय हो। सात आठ महिनामै पुरा देस लोडसेडिङ मुक्त भयो किन पचासौ बर्ष जनतालाई अन्धकारमा राखे ? सोधौ ।नेता तेस्ता हुन या फेरी हामि जनता त्यस्ता हौ ।
सहकार्य ,सहमति ,छलफल ,विचार बिमर्ष भन्दापनि अहंकार,ऋष,डाह,पुर्वाग्रह यस्ता नेताहरु जो छन् अनि हामि जनता पनि के त्यस्तै बन्ने ? प्रश्न तेर्सियाको छ तपाइँ हामितिरै ।
कस्तो राष्ट्रियता हो महासयहरुको कुनै जाति विशेष ,क्षेत्र विशेष,भाषा- भाषीहरुलाई अधिकार सम्पन्न गराउने भन्दा पनि उल्टो देशनै यिनीहरुको बिर्ता भए झैँ यो दिन्नौ । उ दिन्नौ ।यसो मान्दैनौ। उसो मान्दैनौ ।भन्दै राजनैतिकरुपमा देशलाई निकाश दिने भन्दा पनि बन्दक बनाइराख्ने। अनि देश बिकाश कसरी हुन्छ ? एमाले पार्टीका खडक प्रसाद ओली उनीसंग देशको बिकाशका कस्ता योजनाहरु छन् कहिँ कतै उनि भन्दैनन्। उनलाई अरुकै आलोचना गर्नुछष। पूर्वाग्रही सोचले ग्रस्त भएका। जुटेर अगाडी बढ्ने भन्दा पनि कसरि कसलाई होच्चाएर बोल्ने भन्नेतिर उद्द्त्त छन् ।
एकजना इमान्दार पार्टी क्रान्तिप्रति सदै चिन्ता ब्यक्त गरिरहने दिदि हुनुहुन्छ। उहा भन्नुहुन्छ -दाइ हाम्रो पार्टीमा बरु हिजो थोरै बुझेका थिए। राम्रा थिए। तर आज त्यहि पार्टीले राम्रो बुज्ने बनायो त् झन् बिग्रीएकाछन्। साच्चै हो आज हाम्रोमा पद नमिलेकोमा माथिल्लो कमिटीमा नपरेकोमा भन्दै उल्टा कुरा गर्ने अनि यहि पार्टीमा बनिरहने प्रवृति र शैली भएकाहरुको एउटा जमातनै छ। लेनिनले भने झैँ ," क्रान्तिले सोच्दै नसोचेका चुनौतिहरु सिर्जना गर्छ र क्रान्तिकारीहरुले त्यसको सामनागर्दै अगाडी बढ्नु पर्नेहुन्छ " तर हाम्रोमा त्यस्तो क्रान्तिकारी जीवनशैलीको बिकास हुन सकेन आफ्नो योजनामा भन्दा अर्काकै योजना राम्रो देख्ने ,सारमा भन्दा पनि रुपमा छिट्टो प्रवाहित हुने एक प्रकारको बिमारिनै लागेजस्तो अबस्था देखिन्छ ।
गणतन्त्र नचाहिएकाहरु त्यो आन्दोलनका मुख्य कर्ता भए झैँ प्रचार अभियानमा छन्। जो मुख्य योजनाकार हो उ भने एउटा किनारामा बसेर मुसुमुसु हासिरहेको छ ।आफै मख्ख छ। तर जनतालाई बुझाउनतिर लाग्दैन। हुदैन अब कम्मर कसौ यो बिचारको लडाई हो हतियारको लडाई भन्दा निश्चितरुपमा यो लडाई जटिल छ। तर लड्न सकिन्छ। लडौ गणतन्त्र बिरोधि बिरुध्द ,संघीयताको बिरोधि बिरुध्द र नेपालि जनताले आर्जेका उपलब्धि रक्षाका खातिर र एउटा समुन्नत, स्वाबलम्बी स्वतन्त्र रास्ट्र बिकासको अभियानमा।।।



Friday, July 8, 2016


" हर्ष र पिडा बिचको प्रवाश"

                                                         "  हर्ष र पिडा बिचको प्रवाश"

    लामो समयदेखिको अन्याय अत्याचार दमन शोषण र छुवाछुतमा निस्सासीयका जात- जाति ,क्षेत्र ,लिङ्गका समुदायहरु बिस्तारै राजतन्त्रात्मक सामन्तवादी राज्य व्यवस्थाका कुटिल चाल,जाल ,झेल र षणयन्त्रका तानावानाहरु सम्बन्धि अबगत हुँदै र ति सम्पूर्ण जनसमुदायहरुलाई सचेत रुपमा बैचारिक र राजनैतिक हिसाबले प्रशिक्षित गराउदै तत्कालिन नेकपा माओवादीले राज्य सत्ता बाहेक सबै भ्रम  हो भन्ने चेतना जागृत गरायो ।