"गजबको प्रेम दिवस "
गिरिधारी सुबेदी(बागी )
कविता मिति -14-02-2014
( फागुन २ गते २०७० )
हरियो कार्पेट सर्लक्क बिछाएजस्तो देखिने ,
वरिपरी सुगन्ध आइरहने
अत्तर छर्किएजस्तो
थरि -थरिका रंगी -बिरंगी
कतै मस्त मदहोस संग
त कतै जीवन ओइलाएजस्तो
नव योवन र बिगतको छाप ,
फुलिरहेका फूलहरु....... र त्यो पार्क .......
जसरि भमराहरु लालायित छन् रस खान
ति सैयौ युगल जोडी /
मानौ त्यो नै तिनीहरुको संसार हो
त्यो नै तिनीहरुको संस्कार हो ,
या फेरी कतै अहंकार पनि हो ,
अंकमाल गरिरहेका छन् ..............
सारा रिति रिवाज र संस्कार बिर्सेर ,
घन्टौ चुम्बन पनि गरिरहेका छन् ,
त्यो कस्तो हेर्न पनि नसकिने दृश्य
अझ भन्ने गर्छन .........................
त्यो त प्रेमको परिभाषा हो रे ,
प्यारका दुस्मनलाई चुनौती हो रे ,
त्यहि पर .................................
तिनै युगल जोडीहरुको छेउ छाऊ
नाङ्गो आङ्ग र खालि खुट्टा
सानो नानि र हातमा कटोरा
तिमीहरुको प्यार सफल होस्
बाबु दुइ पैसा दिनुहोस
सानो नानि छ खाना खानु छ
भन्दै हिड्ने ति मैला
आफ्नो उपहास गरेको जस्तो
आभास पनि हुन्थ्यो /
तर ............ ति जोडीहरु ......
ति मैलाको वास्ता नै गर्दैनन्
कोहि जोडी भगाइदिन्छन्
कोहि जिस्काउछ्न
साना ढुंगाका टुक्रा हानेर /
के होला .......भनेर सोचे .....
उभिरहे एकोहोरो .............
एकले भन्यो प्रेम दिवस
अर्कोले भन्यो यो त बेलायति चलन
बुझ्दै जाँदा
त्यो त भेलीन्टाईन डे रहेछ
साच्चै बेलायति चलन
अझ भनौ भद्दा
पाश्चात्य संस्कृति
कस्तो गजबको प्रेम दिवस ///
///