धेरै लामो समयपछि
लगभग २३८बर्ष पछि
मानौ .............................
अब सुखका दिन आए ,
बर्षाको पानी पुरै भित्र पस्ने
त्यो पाराले छानाको अन्त्य भयो
भोको पेटलाई बेस्करी कस्ने
त्यो मोरो पोटुकाको पनी अन्त्य भयो
बिस्ट बाहुनले दियको
खुर्सानीको पिरो र डिडो खादै
खलखली पसिना बगाउदै, अर्काको खेत जोत्ने
त्यो पापी चलन पनी अन्त्य भयो
तर ........के हुन्थ्यो अन्त ...............
सधै मालिक बन्न खोज्ने
सधै चिल्ला कारहरुमा गुड्न खोज्ने
तेस्ता नर पिचासहरुको ......
अन्त त भएकै रहेनछ
ब्वासाहरु दुलोभित्रबाट च्याप समात्ने दाउमा
हात लम्काइ रहेका रहेछन
तेसैले .............................. ....
फेरी एउटा उथलपुथल
फेरी एउटा महासंग्राम
हुन त बाकीनै रहेछ i
III

No comments:
Post a Comment