Thursday, October 2, 2014

आलेख "मैले मनाएको एउटा दशैँ "

      दशैको २ दिन अगि  सत्तमिको  बेलुकीपख समाचार आयो, कि सबै जना (चितवन जिल्ला पार्टीका )कार्यकर्ता जिल्लाको सम्पर्कमा आउनुहोला । म तेतिखेरको पार्टी जिल्ला अन्तर्गत ६ नम्बर एरियामा कार्यरत थिए ,जो माडी क्षेत्र पर्दथ्यो ,मेरो गृह जिल्ला मात्र थियन त्यो मेरो गृह गाउ पनि थियो जहा म भूमिगत भएर पार्टीका काम गरिरहेको थिए ।
   भोलिपल्ट बिहानै हामि एरिया कमिटिका साथीहरु सम्पर्कमा जानको लागि ४ बजे झिसमिसेमा बाटो लाग्यौ । लग भग एक्सपोज भैसकेका थियौ सब जना । दुश्मनका सुराकीहरु पिछा गरिरहेका थिए । मुख्य सडकको बाटो भएर जान सक्ने स्थिति थिएन ,तेसकारण हाम्रो बाटो भनेको डरलाग्दो चितवन रास्ट्रिय निकुन्जको चारकोषे झाडी थियो र कैयौ पटक त्यो झाडी छिचोलेर आउने जाने गरिएको थियो ।
     जंगलको बाटो असोजको महिना जंगली जानावारको बिग बिगी फेरिपनि हामि निडर बनेर पार्टीको योजना सम्पन्न गर्न अगाडी बढ्यौ । ३/४ जना थियौ रोडमेन म आफै  थिए ,। चुरेको पहाड नकाटुन्जेल तेती खतरा हुदैनथ्यो ,चुरे पार गरिसकेपछि उतापट्टीको फ़ाइरलाइन् सम्म अल्ली खतरा हुन्थ्यो ,तेतातिर कसराको आर्मीहरु गिपमा घुमिरहेको हुन्थ्यो ।एकचोटी आमनेसामने जस्तै भएका थियौ तर हामीहरु अलि सतर्क हुदै सेफ भयौ ।
  आफु चितवनमै जन्मियो हुर्कियो पहाड कस्तो हुन्छ थाहा थिएन ,भनेको सुन्ने गरेको थिए ,पहाडतिर त लामा लामा तेसै आ...... गरेर नाम्ला जत्रा जुका बाटा बाटामा ठडिएर बसेका हुन्छन। तर कता कतै भैसीलाई आहाल बसाल्दा मात्र देखेको थिए ।के भन्नु र त्यो निकुन्जभित्रको नर्कटघारीमा जुका जाबा त कति हुन् कति कता कता टिप्ने यता टिपो उता .... हामीले त जसै तसै फालेकी थियौ हाम्रो साथमा मैला कामरेडहरुपनी हुनुहुन्थ्यो बिजोगै भयो ।मैले जुकाको अनुभव तेही जंगलमा गरे ,कतिपय ठाउमा त गैडासंग ठोकिन पुगीदो रहेछ ।त्यो नर्कटको घोल गैडा आहाल बस्न उपयुक्त हुने भएकाले गैडा बडी मात्रामा तेतै पाइन्छन ।साचै जिन्दगीले हरपल अनुभव संगालिरहेको हुन्थ्यो तेतिखेर ,"जिन्दगि अनुभव हि अनुभवको संगालो रहेछ ।"
       पानि खान नपाउदा गैडाको पिसाब मिसिएर बग्दै आएको लेदो प्रकारको पानि पनि पिइयो ग्यास्टिकको दबाई हुन्छ गैडाको पिसाब पीए हुन्छ भन्दै पिइयो।जे होस्  दु:ख कष्टकासाथ् रापतिमा हेलिदै  बेलुकीपख पटियानी गाबिसको पृथ्वीनगरतिर निस्कियौ ,भोक लागेको थियो तेही रापतिको तिरतिरको दोकानमा सामान्य केहि खाइयो अनि सम्पर्कस्थानतिर अगाडी बढियो। अष्टमीको बेलुका हामि अध्यक्ष कमरेडको गाउ हनुमान नगर गयौ र तेतै सुतेयौ।
   भोलिपल्ट बेलुका अथवा नवमीको बेलुका मात्र थाहा हुने भयो कि भोलि का हो सम्पर्क भन्ने ,कता जाने आर्मी गस्ती गरिरहेको छ ,नौलो पौलो मान्छे देख्यो कि केरकार गर्न थालिहाल्छ ,तेसै बसियो एउटाको घर ,उनि पनि पार्टी सदस्य नै थिए, उतै माडीतिरबाट बसाइ सरेर आएका तर उनकी श्रीमतीको ब्यबहार देख्दा किन बसिएछ यो घर भनेजस्तो भैरहेको थियो ,भनक र भुनुक ,सनक र सुनुक ,ठसक र मसक ओहो श्वास फुलाएर अचम्मै परियो भनेको ........खसी काटेका रहेछन तेही दिनुपर्नेभयो भनेर हो कि ...अगिल्लो दिनसम्म निकै राम्रा कुरा गर्ने दिदि त एकाएक के भयो के भयो ।
   हामि बाडिएर बसेका थियौ त्यो घरमा म र अर्को एकजना कमरेड थियौ ।मैले उहा कमरेडलाई भने केहो कमरेड दिदि त निकै रिसाउनु भयो नि ,म कुरा गर्छु पर्खनुस है भन्दै कमरेडले मैलाको श्रीमानलाई बोलाएर भन्नुभयो ,के हो मेडम निकै रिसाउनु भाको छ के सोच्नु भयो के हामि खाना खान नपाएर खानको लागिमात्र पार्टी र क्रान्तिमा लागेका सम्झानु भयो कि कसो .......तपाइको अबस्था के हो हाम्लाई थाहा छ ,अनि हाम्रो अबस्था के हो तपाईलाई थाहा छ ,बोलाउनुस मेडमलाइ । ,छाडनुस तिनी तेस्तै हुन् मैले केहि भनेको छैन किन दुख मान्नुहुन्छ  भन्दै खाना खान जाम भनेर भनेपछि खाना खाइयो  र सुत्न अर्को घर गइयो ।
   अब दसैको दिन घोइरो घोइरो सुन्न त सुनिएको थियो कार्यक्रम शक्तिखोरतिरनै हुन्छ भनेर तर ९/१० तिर समाचार आयो योजना क्यान्सिल भयो सबै आ आफ्नै तरिकाले सेफ भएर बस्ने , अब भयो के गर्ने अगिल्लो दिन खाना आए भनेर तेस्तो देख्नु पर्यो आज त झन् दसैँ......... का खाने भोक चौपट लाको छ ।,गएर पनि का बस्ने सबै, दसैँ मनाइ रहेका छन्। ,मनाउनु त के थियो र देश पुरै आक्रान्त थियो युद्दको बादल मडारिरहेको थियो ,बाटामा कोहि हिडेको देखिदैनथ्यो ,अनाहकमा ज्यान गुमाउनु परिरहेको थियो सर्बसाधारणले ।
   के गर्ने ह्या ...जाम अब फिलिम हेर्न ३ घण्टा तेही कटिहाल्छ भन्दै गयौ नारायानघाट गणेश चलचित्र हलमा" सुख दुख "भन्ने फिलिम चलेको रहेछ तेही हेरियो  ,सबै हाम्लाई मात्र हेर्छन  ,पल्याक पुलुक गर्छन ,मनमा कता कता संखा उपसंखा कहिँ चिने कि क्याहो भने जस्तो हुने ।फिलिम सकियो ३ बजेको छ अब के गर्ने पैसा पनि थिएन १/२ सय मात्र थियो ,बाहिर आयौ होटेलमा मासु र भात खायौ खै मासु त के को थियो कुन्नि? तर मिठो थियो ।अब पैसा तेही २० रुपिया बचेको थियो ,हिडौ भनेर हिड्दै आयका थियौ एक जना चिनेका मान्छे भेटिए कता हो तपाईहरु दसैको दिन खालि निदार लिएर बाट बाटै उता आर्मीको गस्ती आको छ भ्याउला नि फेरी होस् गर्नु ,यस्सो एउटाको घर गएर टिका लगाई माग्नुस भन्दै उहा जानु भयो ,हो साच्चै जाउ टिका लगाउ भन्दै एउटा घर पसेउ अनि टिका थाप्न लागेउ तर उहाहरुले हाम्लाई चिन्नुहुन्थेंन। को हुनुहुन्छ का देखि आउनु भको हो मैले चिन्न सकिन अनि के जाति पर्नुभयो हामि त दलित हौ भन्दै प्रश्नहरु तेसार्न थाल्नुभयो । हाम्ले पनि अब को भनौ का बाट आको भनौ यो देशका छोरा हौ तपाईका पनि छोरा हौ देशको लागि हिडेका छौ जात मान्छेकै परियो ,अब त चिन्नु भयोकि ?ए चिने ल छोराहरु हुनुहुँदो रहेछ विजय पक्कै बाबुहरुको हुनेछ दुश्मनहरुको हावालेपनी नछोहोस ,कत्तिपनि नडराउनु असतिहरुको नाश हुनेछ ,नया दिनको न्यानो किरण छिट्टै चिसो शसिरमा पर्नेछ ,  भन्दै आशिर्वाद दिदै केहि खानेकुरा पनि दिनुभयो हामि तेसलाई ग्रहणगर्दै हस त बुबा हस त आमा नमरी बाचिएछ भने फेरी कुनै दिन भेट हौला भन्दै नमस्कार गर्दै बिदा भयौ ।त्यो दशैँ २०६० सालको थियो ,उसै त मैले आज 21 बर्ष भयो तेही दशैँ बाहेक दशैँ मनाउने अवसर पाएको पनि छैन ,र खासै तेती रहर पनि लाग्दैन ।
                                                    गिरिधारी सुबेदी "निरन्तर"
हाल बेंगलोर इन्डिया