Wednesday, January 7, 2015

सम्मेलन सफलताको लागि           06.01.2015              गिरिधारी सुबेदी "निरन्तर "एकताको सातौ रास्ट्रिय                                                                                               सम्मेलन आयोजक  सदस्य    
                      प्रवाश स्थित नेपालीहरुको साझा संगठन अखिल भारत नेपालि एकता मंच सशक्त र जुझारु   एक मात्र  क्रान्तिकारी संगठन  हो  भनेर भनिरहनु   नपर्ला ।किन कि यसको इतिहास संघर्षपूर्ण गौरवमय कृतिमानहरुले भरिभराउ छ । सन् 1979 मा निर्माण भएको अखिल भारत नेपालि एकता समाजकै निरन्तरतामा नेपालि जना अधिकार सुरक्षा समिति भारत हुँदै सन् 2015 फेब्रुवरी 27,28 र मार्च 1 ता.को मुम्बैमा अखिल भारत नेपालि एकता मंचले आफ्नो एकताको सातौ रास्ट्रिय सम्मेलन भब्य र सानादाररुपमा सम्पन्न गर्न  गैरहेको  छ।                                                                                                                                                                                           
       दानको अतुलनीय इतिहास कायम गरेको छ । आर्थिक रुपमा होस या लजेस्टिक का नाममा होस् औषधि लगाएत आफ्नो क्षमताले ,दक्षताले र सामर्थले यहाका प्रवाशी नेपालि जनताले आत्मै देखि नेपालि क्रान्तिको रक्षा ,प्रयोग र विकाशमा  आफ्नो सशक्त सहभागिता कायम गरेका छन् । अझ भौतिक रुपमै थुप्रै होनहार युवाहरु  शहिद हुनुभएको छ ,र यसको क्रान्तिकारी स्वरुपको उजागार गर्नुभएको छ ।सर्वप्रथम ति महान अमर शहिदहरुप्रति श्रद्दा सुमन स्वरूप रक्त रंजित संग्रामी लाल सलाम ।।।                                                                     
    हो ,प्रवाशी  नेपालीहरुका थुप्रा समस्याहरु छन।घरको समस्या समाधानार्थ प्रवाशिन बाध्य हामि नेपालीहरु यता आएर पनि भने जस्तो काम पाउदैनौ ।काम पाइहाल्यौ भने पनि उचित मजदुरी पाउदैनौ । नेपालि -नेपालीहरुका बिचमा एकरुपता छैन ,नेपालीले       नेपालिलाई नै हेप्ने ,ठग्ने लगाएतका क्रियाकलापहरूका कारण पनि यहाका शासकहरुलाई नेपालीहरुमाथि शोषण गर्ने उपयुक्त अबसर बनिरहेको छ ।  विभिन्न झुट्टा मुद्दा र केसहरूमा फसाउदै महिनाको अन्तिमतिर पैसा मिल्दैन ।कैयौ नेपालीहरु अनाहकमा पुलिस ,प्रशासनको जाल, झेल र षणयन्त्रका  शिकार भएका छन,र जेलहरुमा बन्दि जीवन बिताइरहेका छन ।थुप्रै नेपालि चेलीहरु मुम्बई ,गुजरात र दिल्लीका कोठीहरूमा नारकीय जीवन बिताइरहेका छन् । थुप्रै थुप्रै नेपालि युवाहरु कोठीहरूमा ,होटेलहरुमा  भाँडा माज्दा माज्दा हात कुहिएको अबस्थामा छन् ,गल्लि गल्लीहरुमा सिठ्ठी बजाउदै  नाइट डिप्टी गर्नेहरु गुण्डाहरुबाट कुटिएका छन् ,सुरक्षाको कुनै ग्यारेन्टी छैन । लाखौ लाख नेपालीहरु प्रवाशमा रोजी रोटीको सिलसिलामा प्रवाशिने जुन बिकराल समस्या छ ,र प्रवाशिने क्रम चलिरहेको छ ,यसको नेपाल सरकारसंग  कुनै आधिकारिक तथ्यांक छैन ,नेपालीहरु कुन अबस्थामा ,कति संख्यामा ,कहिले देखि ,काहा काहा भन्ने बारेमा नेपाल सरकार बेखबरको अबस्थामा छ ,यता भारत सरकारलाई पनि कति संख्यामा ,कुना स्थितिमा ,के काम गर्दै ,भन्ने बारेको कुनै चासो रहेको देखिदैन ।                                                                                                                                                       यी र यस्ता खालका थुप्रै समस्याका बाबजुद पनि समय मिलाएर संघर्ष गरेर नेपालि जनता र स्वतन्त्रताको निम्ति क्रान्तिको समग्रता र प्रक्रियाप्रति एक्यबद्दता जनाउदै हाम्रो संगठन अखिल भारत नेपालि एकता मंचलाई आर्थिक रुपमा ,सांगठानिक रुपमा ,संघर्षका क्षेत्रमा आफ्नो सहभागिता जनाउदै एवं शसक्त भूमिका निर्वाह गर्दै संगठनलाई  यो  उचाईसम्म ल्याईपुर्याउने सम्पूर्ण प्रवाशी नेपालीहरुमा अखिल भारत नेपालि एकता मंच एकताको सातौ रास्ट्रिय सम्मेलन आयोजक सदस्यका तर्फ देखि हृदयदेखि स-धन्यवाद ब्यक्त गर्न चाहन्छु ।  
         यो संगठनलाई अझ शसक्त बनाइराख्न तपाइँ हामि सबैको अझ शसक्त भूमिकाको ,सहभागिताको ,सहयोगको ठुलो आबस्यकता छ ।शसक्त नेतृत्व निर्माण गर्दै यो सम्मेलनले माथि उल्लेखित समस्याहरुलाई सम्बोधन गर्ने योजनाहरु बनाओस् र क्रान्तिकारी स्प्रिडका साथ कार्यन्वयनमा लागोस् भन्नाको खातिर पनि हजुरहरुको सहयोगको महत्वपुर्ण भूमिका रहने छ ।परिवर्तनका वाहक जनताहरुहुन ।जनताबिनाको कुनै पनि राजनीतिका पार्टी र योजनाहरु सफल हुन सक्दैनन् ,त्येसैले सम्पूर्ण क्रान्तिका पक्ष्यधर ,उत्पीडित जाति ,लिङ्ग ,क्षेत्र र  बर्गका  सम्पूर्णले जनताहरुले  यो सम्मेलनको योजनाहरुलाई सफल बनाउन आ-आफ्नो ठाउबाट सक्दो सहयोग गर्नुहुनेछ  भन्ने आशा एवं विश्वास  राख्दै आयोजक कमिटिका तर्फदेखी बिनम्र अनुरोध गर्दछौ ।
     जसरि सामन्तले सामन्तको एजेण्डका रुपमा गाउमा आफुलाई मुखिया भन्दै गाउ समाजको बिकाश प्रक्रियालाई अगाडी बढ्न नदिन आफ्नो असफल हरकतहरु गर्छ ,तर पनि सचेत जनशक्तिले सचेत रुपमा मुखियालाई धुलो चटाउदै परिवर्तन एवं बिकाशका समग्र पक्षलाई लागु गरेरै छाड्छ ।त्येस्तै आज हाम्रो संगठनभित्र पनि त्येस्ता एजेण्डहरु नेतृत्वको नाम भजाउदै ,क्रान्तिका मिठा मिठा कुरा २/४ जना सिधा साधा जनतालाई भ्रममा पार्दै क्रान्तिको खोल ओडेर  नेतृत्व तहमा घुस्न सफल भएका छन् ।त्यो संगठन भित्र घुस्न सफल अबसरबाद छद्म रुपमा रुपमा अगाडी बढिरहेको छ ।ति भ्याकुते क्रान्तिकारी हुन ,एक दिन ति आफ्नै कारणले आफ्नै पेट फुटेर मरेको भ्याकुतो जस्तै भएर सकिनेछन् । अर्को तर्फ उपिया जस्तै जता बढी गंदगी छ त्येतै फड्को मार्ने उपिया प्रवृतिका क्रान्तिकारीहरु छन् ,जो गर्न केहि सक्तैनन् आफ्नै चरित्रका कारण झन् -झन् गंदगिको दलदलमा फस्दै सकिने छन् ।
     ज्ञातव्यहोस अबसरबादाले हमेसा मौका हेरिरहेको हुन्छ कि कसलाई काहाँ के समस्या परेको छ ।उ तेही खेल्न कोसिस गर्छ ,उसले समग्र क्रान्तिका कुरा गर्दैन केवल आफुलाई धुरी बनाएर कुनै एक दुइ नेताको बिरोध मात्र गर्छ । सच्चा क्रान्तिकारीले अबसरबादलाई पैचान गर्दै वैचारिकरुपमा बर्गीय राजनीतिको मूल स्प्रिडलाई समातीराख्नु पर्छ ,तबमात्र उ पराजित हुने छ । आज हामि यस्ता खालका छद्म अबसरबादका बिरुद्द लड्दै संगठनलाई एकताबद्द बनाइराख्ने गम्भिर चुनौती र महान सम्भावानाको बिचमा छौ ।