Tuesday, November 11, 2014

जता हेर्यो स्वार्थ ,मत्लब,बेभिचार ,रिस ,डाहा,जलन,षणयन्त्र ,कलुसित भावना...........
अचम्म लाग्ने सदाचार ,सद् व्यवहार ,सद् भाव ,सहयोग,निस्वार्थ ,यी सब कहि छैन ।कुरा ठुला ठुला व्यवहार तेहि माथीका हरफहरुमा उल्लेख भएजस्ता ।
यी सब देख्दा केही हरफहरु लेख्न मन लाग्यो र लेख्ने जमर्को गरे ।कस्तो लाग्छ हजुरहरुलाइ। कृपया सल्लाहा र सर सुझाब दिनु होला ।हजुरहरुको सर सल्लाहा र सुझाबहरुनै मेरो लेख्ने प्रेरणा हुनेछ ,म अझ निखारिदै आफ्नो लेखन कार्यलाइ अगाडी बडाउने कोसिश गर्ने छु ।यो कबिता जस्तो लेखको शिर्षक मैले राखेको छु
"मान्छे कस्तो हुँदो रहेछ "
यस्ता पनि ,
उस्ता पनि ,
तेस्ता पनि ,
जस्ता पनि ,
मान्छे हुँदा रहेछन् ।
यसो पनि ,
उसो पनि ,
तेसो पनि ,
जसो पनि,
मान्छे स्वार्थ अनुसार गर्दा रहेछन् ।
कराएर हुन्छ कि ,
चिच्चाएर हुन्छ कि ,
रोएर हुन्छ कि ,
बिलौना गरेर हुन्छ कि ,
मान्छे जित्न खोज्दा रहेछन् ।
आफ्नाको प्रगतिमा ,
आफ्नाको उन्नतिमा ,
आफ्नाको सफलतामा ,
आफ्नाको प्रसंशामा ,
मान्छे जलेर छटपटिदा रहेछन् ।
तेस्लाइ त मैले ,
देखाउछु मैले ,
सिद्दाइदिन्छु मैले ,
मेटाइदिन्छु मैले ,भन्दै .........
मान्छे ,
दुराग्रही बन्दै ,पुर्वाग्रही बन्दै ,
आबेगमा आउदै ,बिबेक गुमाउदै ,
सामाजिक रुपमा, पतन हुँदै ,
आफ्नो अस्तित्व ,आफै मेटाउदै ,
कठै बरा ...........
आखिर आत्मा ग्लानिले छटपटाउदै ,तडपिदै मान्छे मर्दा रहेछन् ।
गिरिधारी सुवेदी "निरन्तर "
चितवन ,हाल बेङगलुरु