Saturday, December 7, 2013

कहिँ नेपालबाट शुरु नहोस

--गिरिधारी सुबेदी---


बिचलित छैनौ हामी
कैल्यै हुदैनौ पनि
र,कैल्यै भएनौ पनि ।
हाम्लाई थाहा छ
यो मुक्ति युद्ध हो
अनि यो ,भिषण वर्ग युद्ध हो ।
हजारौ हार पछी जित हुन्छ
हो ! हामी हारेरै सिक्छौ
अनि सिकेरै जित्छौ ।
किनकि हामी मार्क्सवादी
इन्द्रिय ग्राह्य ज्ञानबाट
बुध्दी संगत ज्ञान प्राप्त गरछौ ।
किन्चित पनि हामी निरस छैनौ
कैल्यै भएनौ ,र कैल्यै हुदैनौ पनि
किनकि हामी आशाबादी हौ ।
समयको विभिन्न कालखंडहरुमा
हामीले भिषण लडाई लडेका छौ ,
सधै परिवर्तन र अग्रगमनको पक्षमा ।
तिम्ले के गरेउ सब थाहा छ
नेपाली जनतालाई मात्र होइन
सारा दुनियालाई थाहा छ ।
तर ....सबै मौन छन्
किन ?..... किनकि
मालेमाबादी अस्त्र
कतै छेपत्रास्त्र नबनोस।
बिस्तारबाद र साम्राज्यबाद
अनि नोकरशाही पुंजिबादलाई
डढाउने र खरानी पार्ने आगाको झिल्को
काँही नेपालबाट शुरु नहोस् ।।।।

No comments:

Post a Comment